काठमाडौं । नेपालका लागि सीएफमोटो र जिहो ब्राण्डको आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्राण्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ ।
दसैं, तिहार तथा छठलगायतका विभिन्न पर्वहरूका अवसरमा ल्याइएको सो अफरअन्तर्गत दुवै ब्राण्डका बाइक तथा स्कुटर किन्ने ग्राहकले आकर्षक छुट र थप सुविधा प्राप्त गर्नेछन् ।
सीएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार रूपैयाँ मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिने छ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस२ हेल्मेट पाउन सकिने छ ।
जिहो ब्राण्डको एई६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रूपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रूपैयाँ छुट प्राप्त गर्न सकिने छ ।
त्यसैगरी एई४ मा १५ हजार रूपैयाँ र एई८ मा १० हजार रूपैयाँ नगद छुट पाउन सकिने छ ।
यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सीएफमोटो वा जिहो ब्राण्डका बाइक वा स्कुटर साट्नसमेत सकिने छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधासमेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।
यो अफर असोज १ देखि लागू भएको छ र आगामी कात्तिक २५ गतेसम्म उपलब्ध हुनेछ । ऋषि ट्रेड सेन्टरका काठमाडौं उपत्यकामा रहेका नक्साल, झम्सिखेल र सल्लाघारी तथा उपत्यकाबाहिर हेटौंडा र त्रिशूली बट्टारस्थित शोरूमबाट बाइक वा स्कुटर लिँदा यो अफर प्राप्त गर्न सकिने छ ।
FACEBOOK COMMENTS