काठमाडाैं। सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालले १६ करोड रूपैयाँ नतिरेको भन्दै उनी विरूद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीमा) मा उजुरी परेको छ । ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले शुक्रबार मुद्दा दायर गरेको हो । सिप्लाले पत्र अनुसार हिसाब फरफारक गर्नका लागि असोज ४ गते ग्लोबल बैंकको शाखामै पुग्दा पनि अग्रवालले शाखा प्रबन्धकसँग आफैँ कुरा मिलाएर आउँछु भन्दै चेक लिएर फरार भएको बताइएको छ।
लामो ससमयदेखि सिप्ला र लगानीकर्ताबीचको राफसाफ हुन सकेको छैन । यस अघि पनि अग्रवालले सिप्लाले आफ्नो शेयर विक्रिगरेको रकम नतिरेको भन्दै नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डमा उजुरी गरेका थिए । पत्रमा भनिएको छ,‘हिसाब मिलान गर्न नचाहेर धोखा दिएर भाग्ने निज दिपेन्द्र अग्रवाललाई उपस्थित गराएर चेक फिर्ता गराउनका साथै उचित कारवाही गर्नका लागि हामी विनम्र अनुरोध गर्दछौं।’
ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त मालि गाउँलाई समेत बोधार्थ गर्दै पत्र पठाएको छ।
FACEBOOK COMMENTS