काठमाडाै । सुनको मूल्य कीर्तिमानी उचाईमा पुगेको छ । घरेलु बजारमा मंगलबार पनि सुनको मूल्य कीर्तिमानी उचाईमा पुगेको हो । पछिल्लो तीन दिनदेखि सुनको मूल्यले निरन्तर बढ्दै गएको छ।
यो दिन सुनको मूल्य ५०० रुपैयाँ बढेर प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ कायम थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन चाँदीको मूल्य भने घटेको छ । यो दिन चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी,महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य १ लाख ३६ हजार ९१५ रुपैयाँ कायम छ भने चाँदीको मूल्य प्रति १० ग्राम १ हजार ६४२ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS