काठमाडौ । एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेक्स्ट जेन बैंकिङ लिडर्स स्कलरसिप’को घोषणा गरेको छ ।
बैंकले काठमाडौ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यार्थीहरुमा अग्रीम रुपमा नेतृत्व शैली विकास गर्दा बैकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकले लिएको छ । साथै प्रतिभावान विद्यार्थीहरुमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु यस छात्रवृत्तिको उद्देश्य रहेको बताइएको छ ।
यस्तै विद्यार्थीहरुलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावि दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुऱ्याउने लक्ष्य एनएमबि बैंकले लिएको छ ।
दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ ।
FACEBOOK COMMENTS