काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २२.३६ अंकले घटेर २ हजार ४६४ विन्दुमा आइपुगेको छ ।
पछिल्लो समय शेयर बजारमा सुस्तता छाएको छ । छोटो समयमै उच्च अंकले बढेको बजारमा लगानीकर्ताले नाफा आर्जन गरेका थिए भने बढ्ने अपेक्षामा लगानी गरेका लगानीकर्ता यतिबेला पर्ख र हेरको अबस्थामा देखिएका छन् । केही लगानकर्ताहरुले नजिकिदै गरेको दसैंलाई केन्द्रित गरे खर्चको जोहो पनि गरेका छन् ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२७ कम्पनीको ४ अर्ब ५ करोड माथिको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनएलजी कम्पनीको १ं५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो ठुलो कारोबार हुने कम्पनीमा सिइडीबी हाइड्रो पावर कम्पनी रहेको छ । कम्पनीको १५ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपी पावर कम्पनी,हिमालयन रिइन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्टको ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।
घटेको बजारमा पनि बढ्ने कम्पनीहरुमा वेननेपाल लघुवित्त वित्तीय संस्थाको ६.५५ प्रतिशतले बढेको छ भने कुमारी सबै योजना,इनवा हाइड्रो पावर कम्पनी,एनएलजी इन्स्योरेन्स कम्पनी,सोनापुर मिनिरल्स एण्ड तेलको ४.१४ प्रतिशतदेखि ६.४९ प्रतिशतले बढेको छ ।
सर्वाधिक घट्ने कम्पनीमा अपर स्याङ्गे हाइड्रोपावर,एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड, अपर हेवा खोला हाइड्रो पावर कम्पनी, मकर जलविद्युत सुरी हाइड्रो पावर कम्पनी, पाँचथर पावर कम्पनीको शेयर मूल्य ८.२७ प्रतिशतले घटेको छ ।
यो दिन जलविद्युत कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ । दुईदिन लगातार परेको वर्षाले काठमाडौं उपत्यकासहित देशमा विभिन्न क्षेत्रमा डुबान भएको छ । जसले २० वटा भन्दाबढी जलविद्युत कम्पनीहरुमा क्षति भएको तथ्यांक छ । कम्पनीमा क्षति भएपछि नेप्सेमा सूचीकृत कम्पनीको शेयर मूल्यमा पनि भारी गिरावट आएको लगानीकर्ताहरुको भनाई छ ।
FACEBOOK COMMENTS