काठमाडौं । वर्षाका कारण भएको ठूलो जनधनको क्षति पछि त्यसको राहत तथा पुनर्स्थापनाका लागि सिटिजन्स बैंक इन्टरनेसनलले प्रधानमन्त्री राहत कोषलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूलाई सहयोगार्थ उक्त रकम शहरी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबीच कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमानलाई हस्तान्तरण गरेको हो । कार्यवाहक प्रधानमन्त्री सिंहलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
सिटिजन्स बैँकले यसअघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडीतहरुको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप १ करोड रुपैयाँ प्रदान गरेको थियो ।
साथै कर्णाली प्रदेशको जाजरकोटमा २०८० कात्तिक १७ गतेका दिन गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको लागि उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।
FACEBOOK COMMENTS