काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ४८ विन्दुले बढेको छ ।
यससँगै सूचक २५१० दशमलव ३४ विन्दुमा आएको छ । यस अवधिमा २४ लाख १३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३२ कम्पनीको २७ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १२ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६१ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS