काठमाडौं- नेपाल चेम्वर अफ कमर्सले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९) बाट नेपालको अर्थतन्त्रको  बिभिन्न क्षेत्रमा परेको प्रभाव वारे  मुख्य सचिव रेग्मी समक्ष सुझाव पेश गरेको छ । चेम्वरले  अर्थ मौद्रिक तथा बित्त, उद्योग,वाणिज्य तथा आपूर्ति, कृषि, उर्जा, पर्यटन,स्वास्थ्य क्षेत्र लाई पुनरुत्थान गर्न तयार गरेको बिषयगत समष्टिगत बुदां र सुझाव नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्य सचिव लोकदर्शन रेग्मीलाई हस्तान्तरण गरे ।   चेम्बरले  पेश गरि उक्त सुझाव ड्राफ्टमा  आर्थिक चलायमान गर्न लकडाउन पनि विस्तारे भौतिक र असर कम भएको ठाउँमा खुकुलो बनाउँनुपर्ने र त्यसो भए मात्र देशको आर्थिक क्षेत्र चलयमान हुने उल्लेख छ ।
साथै, चेम्बरको एक बुदामा  ‘अहिले काठमाडौंमा भएको मान्छेलाई बाहिर जान दिुनु हुदैंन र बाहिरको मान्छेलाई पनि काठमाडौं आउँन दिनुभएन । यहाँ उद्योग खुल्यो भने मजदूरहरुले यहि रोजगारी पाउँछन् ।’ भन्ने उल्लेख छ ।   मुख्य सचिवले समष्टिरुपमा आएको सुझावलाई अध्ययन  गरेर आउने बजेटमा समावेश गर्न उपयुक्त ठहरे स्थान दिईने बताए  । उनले भारतमा पनि लकडाउन अघि बढेकोले भित्र र बाहिरको  परिस्थिति हेरेर कामहरु गर्दै जाने कुरा राखे ।  सुझाव हस्तान्तरण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र उपाध्यक्ष कमलेश अग्रवालको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS