काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३ सय रुपैयाँ बढेको हो । हिजो छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी २५ रुपैयाँले बढेको हो ।
FACEBOOK COMMENTS