काठमाडाैँ। कात्तिकमा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । अधिकांश वाणिज्य बैंकहरुको कात्तिक महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका हुन् । केही बैंकहरुले अघिल्लै महिनाको ब्यजादरलाई निरन्तरता दिएका छन् ।
औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब कात्तिक महिनाका लागि ६.१८ प्रतिशत कायम भएको छ । असोजको लागि औसत ब्याजदर ६.३८ प्रतिशत कायम भएको थियो । औसतमा हेर्दा १ महिनामा २० बैंकहरुको औसत ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटेको हो ।
१ महिनाको अवधिमा १० बैंकको ब्याजदर घटेको छ भने ९ बैंकले असोज महिनाकै ब्याजदरलाई कात्तिकमा पनि निरन्तरता दिएका छन् । सानिमा बैंकले भने कात्तिकका लागि ब्याजदर बढाएको छ । उक्त बैंकले ६.१५ प्रतिशत रहेको छ । सिटीजन बैंकको ५.७५, नेपाल बैंकको ५.९५,एभरेष्ट बैंक ६ प्रतिशत,लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक,कुमारी बैंक ६.०१,ग्लोबल आइएमई बैंक, नबिल बैंकको ६.२५ प्रतिशत रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेघा,स्टान्र्डर्ड चार्टर बैंक ६.५ प्रतिशत रहेको छ ।
एनआईसी एशिया बैंक ६.९९ प्रतिशत रहेको छ ।माछामुच्छ्रे बैंकको ७ प्रतिशत रहेको छ ।कृषि विकास बैंक र राष्ट्रिय बैंक ५.७५, ५.८ प्रतिशत रहेको छ । प्रभु बैंकको ६.१ प्रतिशत निर्धारण गरेको छ भने नेपाल एसबीआइ बैंक र सिद्धार्थ बैंकको ६ प्रतिशत रहेको छ । हिमालयन बैंकको ६.२५,एनएमबी बैंक ६.५ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS