काठमाडाैं। साताको बुधबार दिन नेप्से परिसूचक ४३.२२ अंकले बढेर २ हजार ७४२.८८ विन्दुमा आइपुगेको छ । दशैंपछिको दोस्रो दिन नेप्से सूचक पुनः हरियाली बनेको हो। धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२० कम्पनीको १ करोड ३२ लाख कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल फाइनान्स,हिमालयन रिइन्स्योरेन्स, एनआइसी एशिया बैंक, एनआइसी एशिया बैंक, गूडवेल फाइनान्स, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनीको १३ करोड रुपैयाँदेखि १५ करोड रुपैयाँसम्मको कारोबार भएको छ । विजय लघुवित्त संस्था, इष्र्टन हाइड्रो पावर,समता घरेलु लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त संस्था, सगरमाथा जलविद्युत कम्पनीको ७.४५ प्रतिशतदेखि ९.३३ प्रतिशतले बढेको छ ।
अपर साङ्गे हाइड्रो पावर कम्पनीको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । मिडसोलु हाइड्रो पावर, मिथिला लघुवित्त वित्तीय संस्था,सनराइज फस्ट म्यूचुअल फण्ड,सानिमा इक्वटी फण्ड कम्पनीको २.८३ प्रतिशतले घटेर ५.५४ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS