काठमाडाैँ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक २.४७ अंकले बढेर २ हजार ७४५.३६ बिन्दुमा पुगेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१६ कम्पनीको १ करोड ८८ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ७ अर्ब १९ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । १४२ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
असोज महिनामा सुधारतर्फ देखिएको सेयर बजार कात्तिक महिनाको पहिलो कारोबारमा पनि सामान्य सुधार नै देखिएको छ। भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजारमा असोज महिनामा १६२.१२ अंकको सुधार देखिएको थियो ।
कात्तिकको पहिलो कारोबारमा बिहीबार व्यापक उतारचढावबीच बजार दसैँ बिदापछि यो साताको पहिलो कारोबारमा मंगलबार बजार ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा पुगेको थियो। यो साता दोस्रो कारोबारमा बुधबार ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा पुगेको थियो।
गएको असार ३१ गते २ हजार २४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३ हजार.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २ हजार ५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २ हजार ७४२.८८ बिन्दुमा पुगेको थियो। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही ’बाउन्स ब्याक’ भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।
पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ । २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३ हजार १९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।
FACEBOOK COMMENTS