एजेन्सी – उत्तर र दक्षिण कोरियाको सीमामा आइतबार बिहान गोली हानाहान भएको छ।
दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेको थियो। जवाफ दक्षिण कोरियाले पनि गोली हानेको छ। गोली हानाहानमा कोही घाइते भने भएका छैनन।
पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सीधै गोली चलाएको विवरणमा जनाइएको छ।
सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने सोलस्थित दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हानाहानको घटना सार्वजनिक भएको छ।
करिब तीन हप्तायता पहिलो पटक उत्तर कोरियाली नेता किम जङ(अन सार्वजनिक रूपमा देखिएको विवरण आएको २४ घण्टापछि उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहानको घटना भएको हो।
दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए। प्राविधिक रूपमा यी दुई मुलुक अझै युद्धको अवस्थामा छन्।
FACEBOOK COMMENTS