काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला २० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS