काठमाडौं । फोनप्वाइन्ट्स एक एकृकीत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो जसद्वारा व्यवसायीहरूले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यावसायिक अनुभव प्रदान गर्न सक्छन् । प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेका विभिन्न वित्तीय कारोबारबाट आर्जन गरेका प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छाअनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरू अवलोकन गरी तिनको उपभोग गर्ने अवसर फोनप्वाइन्ट्सले प्रदान गर्दछ ।
फोनप्वाइन्ट्सका प्रयोगकर्ताहरूले विभिन्न व्यावसायिक पार्टनरहरूसँग संलग्न भएर लौयल्टी प्वाइन्ट्स (जसलाई फोनप्वाइन्ट्स पनि भनिन्छ) आर्जन गर्न सक्नेछन् । फोनप्वाइन्ट्सले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरूबाट आर्जन गरेको लौयल्टी प्वाइन्ट्सलाई एक ठाउँमा एकृकीत गर्दछ, जसले प्रयोगकर्तालाई ती प्वाइन्टहरू प्रयोग गरी आर्कषक अफर, छुट तथा उपहारहरू प्राप्त गर्ने अवसर प्रदान गर्दछ ।
नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ ईसेवाले फोनप्वाइन्टस्सँग सहकार्य गर्ने निर्णय गरेको छ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्ने हेतु नियमित प्रयोगकर्ताहरूलाई दिइने लौयल्टी प्वाइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको छ । एकीकृत गरिएका लौयल्टी प्वाइन्ट्स प्रयोग गरी विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ ।
फोनप्वाइन्ट्सको सुरूवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरूप्रति अझ बढी आकर्षित गर्न खोजेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराई थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्दछ ।
फोनप्वाइन्ट्सका सीईओ सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ । यसका सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ । यो प्रक्रिया सिधै फोनप्वाइन्ट्स एपबाट पनि गर्न मिल्ने भएका कारणले प्रयोगकर्ताहरूले बिचमा अन्य चरणहरू पार नगरिकनै छिटो सेवा प्राप्त गर्न सक्नेछन् । यसले प्लेटफर्ममा प्रयोगकर्ताहरूको रूचि बढाउनुका साथै फोनप्वाइन्ट्सको विस्तार गर्न सहयोग गर्न सक्नेमा उनले जोड दिए ।
फोनप्वाइन्ट्स व्यवस्थापन
प्रयोगकर्ताहरूले फोनप्वाइन्ट्स वा पार्टनर एपमार्फत आफूले कमाएको फोनप्वाइन्टस्को विवरण हेर्न, विभिन्न अफर अवोलोकन गर्दै फोनप्वाइन्ट्स प्रयोग गरी आफूले चाहेका अफरहरू प्राप्त गर्न सक्नेछन् जसले प्रयोगकर्ताको अनुभवलाई सरल बनाउँछ ।
फोनप्वाइन्ट्सबारे थप जानकारी र यसमा नामांकन गर्ने प्रक्रिया बुझ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
फोनप्वाइन्ट्सका साझेदारहरूबारे
ईसेवा : ईसेवा नेपालकै पहिलो डिजिटल वालेट हो जसले अनलाइन भुक्तानी, रकम पठाउने, मोबाइल रिचार्ज र युटिलिटी बिल भुक्तानी जस्ता सेवा प्रदान गर्दछ । ८६ लाखभन्दा बढी ग्राहकहरू, २ लाख ३८ हजार बढी एजेन्टहरू र ४९ बैंकहरूको विशाल नेटवर्क रहेको ईसेवा नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्सप्राप्त सुरक्षित डिजिटल वालेट हो ।
फोनपे : फोनपे नेपालको अग्रणी डिजिटल भुक्तानी सेवाप्रदायक हो जसले अनलाइन र अफलाइन दुवै भुक्तानीका लागि नवीन समाधानहरू प्रदान गर्दछ । क्यूआर कोड भुक्तानी, पीटूपी (व्यक्ति-व्यक्तिबीच) फण्ड ट्रान्सफर र अन्य भुक्तानी सेवाहरूमार्फत फोनपेले प्रयोगकर्ता र व्यापारीहरूको भुक्तानी अनुभवलाई सहज बनाएको छ ।
FACEBOOK COMMENTS