काठमाडाैँ। तिहारपछि खुलेको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक ०.२१ अंकले घटेर २ हजार ६७७.४० विन्दुमा आइपुगेको छ । बजार खुलेदेखि नै तिब्र उत्तारचढाब देखिएको बजारमा लगानीकर्ताले बजारप्रति पूर्ण विश्वास गरेर लगानी गर्न सकिरहेको देखिदैन । विभिन्न सामाजिक सञ्जालहरुमा बजार कतिपयले बढ्ने र कतिपय घट्ने विभिन्न अड्कल बाजी गरिएको थियो । यद्यपी आजको यो सामान्य घटाई बजारमा लगानीकर्ता ढुक्क भएर लगानी बढाउन नसकेको संकेत गरेको बजार विश्लेषकहरुको भनाई छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०२ कम्पनी ९७ लाख १३ हजार कित्ता शेयर खरिद विक्रिहुँदा ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल फाइनान्स कम्पनी,सानिमा जिआइसी इन्स्योरेन्स,एनजिएल इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल, समृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य ११ करोड ६० लाख रुपैयाँदेखि २९ करोड ८० लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
सामान्य घटेको बजारमा सुपर माइ हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ, भने समाज लघुवित्त वित्तीय संस्था,युनाइटेड मोदी हाइड्रोपावर,गुराँश लघुवित्त वित्तीय संस्था, रसुवागढी हाइड्रो पावर कम्पनीको ८.७५ प्रतिशतदेखि ९.९५ प्रतिशतले बढेको छ ।
त्यस्तै सामान्य घटेको बजारमा पनि मिडसोलु हाइड्रो पावर कम्पनीको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ भने अपर स्याङ्गे हाइड्रो पावर,सामलिङ पावर कम्पनी,एक्सल डेभलपमेन्ट बैंक, एनुआइसी एशिया फ्लेक्स क्याम्प फण्डको ५.९१ प्रतिशतदेखि८.९४ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS