काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्राण्ड अनरले बजेटमैत्री ग्राहकहरूका लागि बनाइएको नयाँ अनर एक्स७सी फोरजी बजारमा ल्याउन लागेको छ । टिकाउपन, लामो ब्याट्री क्षमता र उत्कृष्ट फोटोग्राफी विशेषतासहित यो स्मार्टफोनले ग्राहकलाई बलियो र किफायती अनुभव दिनेछ ।
अनर एक्स७सी फोरजीमा फाइभस्टार ड्रप रेजिस्टेन्स र एसजीएस प्रिमियम परफर्मेन्स सर्टिफिकेसन (ड्रप एण्ड क्रश रेजिस्टेन्स) रहेको छ, जसमा कुशनिङ आर्किटेक्चर र टेम्पर्ड ग्लास स्क्रिनले दैनिक झट्कालाई सहजै सहन सक्छ । आईपी६४ रेटिङले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्छ, जसले यसलाई हरेक वातावरणका लागि उपयुक्त बनाउँछ ।
अनर एक्स७सी फोरजीमा ६००० एमएएचको सुपर टिकाउ ब्याट्री छ, जसले २८.५ घण्टासम्मको स्ट्रिमिङ वा २१.५ घण्टासम्मको भिडिओ प्लेब्याक समय प्रदान गर्दछ । यसमा रहेको ३५ वाट अनर सुपरचार्ज टेक्नोलोजीले चार्जको चिन्ताबिना जडित राख्छ ।
साथै, १०८ मेगापिक्सेल एआई क्यामेरा प्रणालीले उत्कृष्ट फोटोग्राफी, २५६ जीबी इन्टरनल स्टोरेज र र्याम टर्बे टेक्नोलोजीले सहज मल्टिटास्किङ र टीयूभी रेनल्याण्ड लो ब्लुलाइट सर्टिफिकेसनसहित ६.७७ इन्चको इमर्सिभ डिस्प्ले प्रदान गर्दछ ।
मूल्य र उपलब्धताबारे थप जानकारीका लागि अर्को आधिकारिक सामाजिक मिडिया पेज र वेबसाइटमा अपडेट हेर्न सकिन्छ ।
FACEBOOK COMMENTS