२७ वैशाख, काठमाडौं । नेपाल परिवार दलद्वारा शारीरिक अपांगता भयका महिलाहरुलाई राहत सामाग्री उपलब्ध गरायको छ । दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले तारकेश्वर नगरपालिका स्थित इप्सा नेपालमा पुगी चामल, दाल, चिनी, खाने तेल तथा नुन उपलब्ध गराउनु भयको थियो ।
राहत वितरण गर्दै अध्यक्ष ढकालले महामारीको समयमा कोहिपनि भोकै बस्न नपरोस भनेर शारीरिक रुपमा अपांगता भयका दिदीबहिनीहरुलाई राहत उपलब्ध गरायको बताउदै लकडाउनको समयमा सरकारले जारि गरेको सुचनाहरु पालना गर्न र सुरक्षित भयर बस्न आग्रह गर्नु भयो ।
इप्सा नेपालकी अध्यक्ष संगीता पन्तले पूर्व मन्त्रि ढकालको आगमनले शारीरिक अपांगता भयका दिदीबहिनीहरुमा आत्मबल बलियो भयको छ भन्दै राहतको लागि कृतज्ञता ज्ञापन गरिन । २००९ मा स्थापित इप्सा नेपालले हाल १०० भन्दा बढी शारीरिक अपांगता भयका महिलाहरुलाई सिप सिकाउनुकासाथै आयआर्जन गर्ने अवसर प्रदान गर्दै आयको छ । अध्यक्ष ढकाल संगै परिवार दलका प्रबक्ता सन्तोष पौडेल तथा युवा नेताहरु प्रकाश बाबु थापा र ढुन्डीराम खनाल लगायत राहत बोकेर इप्सा नेपाल पुगेका थिय । परिवार दलले कोभिड १९ को महामारी वाट प्रभावित हजारौं नगरिकहरुलाई राहत स्वरुप देशभर विभिन्न सामग्री उपलब्ध गराउदै आयको छ ।
FACEBOOK COMMENTS