काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी सहायक महाप्रबन्धक डोरिन्द्रराज दाहाललाई दिइएको छ ।
हृदयघातका कारण युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सीईओ श्रवण रावलको गत बिहीबार निधन भएपछि कम्पनीमा निमित्त कामु सीईओको जिम्मेवारी दिने दोस्रो तहका कर्मचारी नभएपछि तेस्रो तहका सबैभन्दा सिनियर कर्मचारीको रूपमा मार्केटिङ विभागमा कार्यरत सहायक महाप्रबन्धक दाहाललाई निमित्त कार्यकारीको जिम्मेवारी तोकिएको हो ।
कम्पनीले छिट्टै नयाँ सीईओ नियुक्ति गर्ने युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका एक सञ्चालकले जानकारी दिए ।