काठमाडौं । नेपालमा ओमोडा एण्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले अभिनेत्री एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स डेलिभरी तथा हस्तान्तरण गरेको छ । एलिजा गौतम नेपाली चलचित्र निर्माता, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनका प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानहरूका लागि परिचित व्यक्तित्व हुन् ।
ओमोडा एण्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरशिप एबीटी मोटर्समा एक कार्यक्रमबीच जेइको जेसिक्स हस्तान्तरण गरिएको हो । एसपीजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल तथा एबीटी मोटर्सका प्रबन्ध निर्देशक सचिनकुमार श्रेष्ठ र शोरूम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतम र पत्रकार ऋषि धमलालाई हस्तान्तरण गरिएको हो ।
जेइको जेसिक्स नेपालकै पहिलो अफ-रोडर इलेक्ट्रिक एसयूभी हो, जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटी सोलुशन प्रदान गर्दछ । जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २०० मिलिमिटरको अग्लो ग्राउण्ड क्लियरेन्स र स्पोर्टी डिजाइनले गर्दा अन्य प्रतिद्वन्दी एसयूभीहरूभन्दा छुट्टै स्तरमा रहेको छ । यसका अलावा, जेसिक्समा रहेको ४०० किमिको डब्लूएलटीपी रेन्ज, ६५.६९ किलोवाट आवरको ब्याट्री क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफ-रोड ट्र्याकहरू तथा एड्भेन्चर्स यात्रामा भरपर्दो साथ दिन्छ ।
ओमोडा एण्ड जेइको उच्च गुणस्तरको अत्याधुनिक र परिष्कृत सुविधाहरूका साथ नेपालमा दिगो मोबिलिटी सोलुशन प्रवर्द्धन गर्न प्रतिबद्ध छ । जेइको जेसिक्ससँगै ओमोडा एण्ड जेइकोको प्रिमियम र लामो रेन्जको इलेक्ट्रिक एसयूभीहरूको लाइनअपमा थपिएको नयाँ एसयूभी हो । नेपाली बजारमा गत फेब्रुअरी २०२४ मा सार्वजनिक भएको ओमोडा एण्ड जेइकोले केही महिनाभित्रै नेपालमा ७०० भन्दा बढी युनिट गाडीहरू डेलिभर गरिसकेको छ र ब्राण्डका गाडीहरू डिलर नेटवर्कमार्फत देशभर उपलब्ध रहेको छ ।
एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमोडा एण्ड जेइको अटोमोबाइल कोअपरेटिभ लिमिटेडका लागि नेपालको आधिकारिक वितरक हो ।
FACEBOOK COMMENTS