काठमाडौं । जिकर एक्स प्रिमियम कम्प्याक्ट एसयूभी हो जुन आधुनिक शहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने जिकर एक्स नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि एक उत्कृष्ट एसयूभी हो ।
सरल आधुनिक डिजाइनमा आकर्षक डिजाइज-डिटेलसहित यो गाडीको बोल्ड र ‘एक्स्ट्रोभर्ट फर्म’ पनि निकै आकर्षक देखिन्छ । गाडीको डिजाइन ‘गोल्डेन रेसियो’ मा आधारित छ जुन विभिन्न चित्रकला, वास्तुकला तथा प्रडक्ट डिजाइनहरूमा प्रयोग हुनुका साथै अहिलेसम्म पनि उत्कृष्ट गाडीको डिजाइनहरूमा प्रयोग गरिन्छ ।
२७५० मिलिमिटरको ह्विलबेसमा ४४३२ मिलिमिटर लामो र १५६६ मिलिमिटर अग्लो उभिएको जिकर एक्स व्यस्त शहरी सडकका लागि उत्कृष्ट आकार वा साइजको रहेको छ । टाढाबाट हेर्दा गाडीको आकर्षक डिजाइनले र आँखा लोभ्याउँछ भने नजिकबाट नियाल्दा झनै आकर्षक डिजाइन डिटेलहरू देख्न सकिन्छ । जस्तैः गाडीको ढोकाहरू ‘फ्रेमलेस’ डिजाइन प्रयोग भएकाले सरल, आकर्षक र आधुनिक देखिन्छ । त्यसैगरी, यसको ‘विन्डो सिलिङ स्ट्रिप्स’ पनि आधुनिकता र सरलतालाई निरन्तरता दिँदै डिजाइन गरिएको कारण झ्यालको ‘सिट मेटल’को भाग र ‘ग्लास’ को भाग नछुट्टिकन एकरूपताका साथ जोडिएको देखिन्छ ।
जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम-आयोन ब्याट्री रहेको छ जसले उत्कृष्ट इनर्जि डेन्सिटी र लामो समयसम्म स्थायित्वका लागि ‘सीएटीएल’ कम्पनीको ‘एनएमसी सेल’ प्रयोग गर्दछ । गाडीको ‘लङ रेन्ज’ मोडलको रियर एक्जिलमा २०० किलोवाट (२७२ हर्सपावर) र ३४३ न्युटनमिटरको इलेक्ट्रिक मोटरसहित ‘थर्ड जेनेसेन’ सिलिकन-कार्बाइड इन्भर्टर प्रविधि रहेको छ । जसले गर्दा उक्त मोडल, मात्र ५.६ सेकेन्डमा ० बाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ ।
जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट कपपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको एचडी टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एचडि इन्स्ट्रुमेन्ट प्यानलसहित २४.३ इन्चको ‘अगमेन्टेड रियालिटी हेड–हप डिस्प्ले’ समावेश रहेको छ । अगमेन्टेड रियालिटी हेड-अप डिस्प्लेमार्फत गाडीको विन्डस्क्रिन (अगाडिको सिसा) मा नै ग्राफिक्स प्रोजेक्ट हुन्छ । यसबाट सुरक्षित ड्राइभिङका लागि गाडीको गतिलगायत विभिन्न सूचना, ‘एडास सिस्टम वार्निङ’ तथा अन्य नेभिगेसन निर्देशनहरू सजिलै अगाडिको अब्जेक्ट भ्यूमा नै ड्राइभरले देख्न सक्ने गरी प्रोजेक्टेड हुन्छ ।
जिकर ००१ जस्तै सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चर (एसईए) मा निर्मित जिकर एक्सले उत्कृष्ट मिश्रणको मटेरियल प्रयोग गर्दछ जसमध्ये ७३% ‘हाइ-स्ट्रेन्थ स्टिल’को प्रयोग भएको छ । यसले गाडीको तौल घटाउँदै उच्चतम स्ट्रक्चरल सेफ्टि (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ ।
पायोनियर मोटो कर्प प्रालि नेपालमा अग्रणी अटोमोबाइल वितरक हो । शारडा ग्रुपको सहायक (सिस्टर कन्सर्न) कम्पनी रहेको पायोनियर मोटो कर्प नेपालमा जिकर तथा निसानका लागि आधिकारिक वितरक हो ।
FACEBOOK COMMENTS