काठमाडौं, बैशाख २९- बढी मूल्यमा सामान बेच्ने काठमाडौंको हात्तिगौंडामा रहेको बिग मार्टलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिबाना तिराएको छ ।
विभागले गरेको अनुगमनका क्रममा मासको दाल २ सय ७१ रुपैयाँ प्रतिकेजीमा बेचेको पाइएपछि ३ लाख रुपैयाँ जरिबाना तिराएको हो । विभागले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।
विभागले केही दिन पहिले भाटभटेनी सुपर मार्केटलाई पनि जरिवाना तिराएको थियो ।
FACEBOOK COMMENTS