पर्सा । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धारे प्रहरी चौकीलाई फर्निचर सामाग्री हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमबीच १ थान टेबल, ४ थान बेन्च र १० थान प्लास्टिकका कुर्ची प्रदान गरिएको हो ।
संस्थाका वरिष्ठ प्रबन्धक राजुप्रसाद पुडासैनीले प्रहरी चौकी धारेका प्रमुख सहायक निरीक्षक अरविन्दकुमार यादवलाई सामान हस्तान्तरण गरेका हुन् ।
उनले फर्निचर सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ अधिकृत (मधेस प्रदेश प्रमुख) रामकिशोरप्रसाद कुशवाहा, शाखा कार्यालय पकहामैनपुरका प्रमुख अजितकुमार मण्डललगायतको उपस्थिति रहेको थियो ।
देशभर एक सय ४९ वटा शाखा कार्यालयसहितको सञ्जाल विस्तार गरेर दरिलो माइक्रोफाइनान्समा स्थापित भएको मेरोमाइक्रोफाइनान्सले सामाजिक कार्यहरूमा पनि उत्तिकै सहयोग गर्ने रणनीति बनाएको छ ।
FACEBOOK COMMENTS