काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले सभा प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म कायम रहने सेयरधनी लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगदसहित ३६.८४ प्रतिशत लाभांश दिने जनाएको छ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS