काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरू गरेको छ ।
उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गतेदेखि २८ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कुनै पनि बीमालेख व्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।
हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाका लागि जीवन बीमा अनिवार्य रहेको छ ।
FACEBOOK COMMENTS