काठमाण्डौं- जापानको राजधानी टोकियोमा ड्राइभरलेस कार सेवा प्रारम्भ भएको छ ।
ड्राइभर विनैको सवारी साधनले यस प्रकारको सेवा प्रारम्भ गरेको हो ।
विना ड्राइभरको कारमा यात्रा गर्नको लागि १ किलोमिटरको लागि १९० रुपैया शुल्क बुझाउनु पर्नेछ ।
जापान यो टेक्नोलोजीको शुरुवात जेडएमपी र हिनोमारु कोत्सु कम्पनीले गरेको हो । जेडएमपी रोबोट बनाउने कम्पनी हो र हिनोमारु कोत्सुले जापानमा ट्याक्सी सर्भिस सञ्चालन गर्छ ।
ड्राइभरलेस कारको सेवाका लागि रोबोकार मिनी भ्यान सर्भिसको नाम दिएको छ । यो कारमा यात्रा गर्नको लागि अनलाइनबाट बुक गर्नुपर्ने हुन्छ । कारमा हुने एप र आफ्नो मोबाइलमा हुने एपले नै कारको ढोका खोल्ने र पेमेन्ट गर्नु पर्ने हुन्छ ।
जापानले सन २०२० मा ओलम्पिकको आयोजना पनि गर्दैछ र यो आयोजनामा ड्राइभरलेस कार निकै नै सहयोगी हुने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS