काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा नुवाकोटको तेस्रो अधिवेशनबाट नारायणकुमार घले सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन् ।
घलेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन भएको छ । अध्यक्ष नारायणकुमार घलेका अलावा उपाध्यक्षमा तारा रिमाल नेपाल, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा अजय नगरकोटी, सहसचिव विशाल सापकोटा र सदस्यहरूमा रामकृष्ण देवकोटा तथा हेमन्तराज घिमिरे रहेका छन् ।
क्यान महासङ्घ सन् १९९२ मा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि गैरनाफामूलक संस्थाको रूपमा स्थापना भएको हो ।
FACEBOOK COMMENTS