काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझी छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदार थारूले पाँच हजार तीन सय ३३ मत ल्याएका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए ।
गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।
यस्तै, जाजरकोटको नलगाड नगरपालिकामा भएको उपप्रमुख पदको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार देवका लामिछाने चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित भएकी छन् ।
उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार इन्द्राचन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरेकी सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिए । उनका अनुसार यहाँ सोह्र हजार चार सय ४९ मतदातामध्ये १० हजार छ सय छ मत खसेको थियो ।
FACEBOOK COMMENTS