काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ उर्फ हर्कराज राईले केन्द्र सरकारलाई लेखेको एक पत्र यतिबेला चर्चामा छ ।
मेयर साम्पाङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत माग गर्दै लेखेको पत्रले धेरैको ध्यान तानेको छ । उनले लेखेको पत्रले चर्चा पाउनुको मूल कारण पत्रको व्यहोराभन्दा पनि त्यहाँ प्रयुक्त भाषाशैली हो ।
सामान्यतया सरकारी कार्यालयले लेख्ने पत्रमा भाषाशैली विशेष प्रकारको हुन्छ । तर, मेयर साम्पाङले आइतबार लेखेको उक्त पत्रमा साधारण बोलीचालीको भाषा प्रयोग गरिएको छ ।
‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइदिने होला ? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौ न, तुरून्त पठाइदिनु पर्यो,’ पत्रमा लेखिएको छ, ‘धराने जनता पनि नेपाली नागरिक नै हुन् । धराने जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरून्तै पठाइदिन अनुरोध छ ।’
हेर्नुहाेस् पत्र-
FACEBOOK COMMENTS