काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक४५.९३ अंकले घटेर २ हजार ६८९ विन्दुमा आइपुगेको छ । यो दिन नेप्से सूचक २ हजार ७ सयको विन्दुबाट बजार पुन एक तह तल झरेको छ । बजार लामो समयदेखि २७ सयको मनोवैज्ञानिक विन्दुमा रहे पनि यो बजार उच्च अंकले घट्दा लगानीकर्ता पर्ख र हेरको अबस्थामा देखिन्छन् । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२१ कम्पनीको १ करोड ७३ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर रहेको छ । कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै दोस्रो ठुलो कारोबार हुने कम्पनीमा नेपाल फाइनान्स कम्पनी रहेको छ । कम्पनीको १५ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।
रिभर फल्स,खानीखोला, वेस्ट फाइनान्स कम्पनीको १३ करोड रुपैयाँदेखि १५ करोड ६५लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै उच्च अंकले घटेको बजारमा खानी खोला हाइड्रोपावर कम्पनी,डोल्टी पावर कम्पनीको शेयर मूल्य ८.७७ प्रतिशतदेखि ९.९८ प्रतिशतले बढेको छ । मानुषि लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स,जोशी हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९७, दिब्यश्वरी हाइड्रो पावर कम्पनीको ७.०९ प्रतिशतसम्मले घटेको छ ।
FACEBOOK COMMENTS