काठमाडाैँ । साताको बुधबार दिन नेप्से परिसूचक ५.६० अंकले घटेर २ हजार६२८.२६ विन्दुमा आइपुगेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१४ कम्पनीको ८१ लाख ४७ हजार कित्ता शेयर किनबेचहुँदा ४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा जानकी फाइनान्स, रिभर फल्स पावर,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, नेपाल फाइनान्स, सिकल्स हाइड्रो पावर कम्पनीको ८ करोड रुपैयाँदेखि १५ करोड ५९ लाख रुपैयाँसम्मको सर्वाधिक कारोबार भएको छ ।
यो दिन उपकार लघुवित्त वित्तीय संस्था, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, मानुषि लघुवित्त वित्तीय संस्था,सिकलेस हाइड्रो पावर, चिरख्वा हाइड्रो पावर कम्पनीको ७.६५ प्रतिशतदेखि १० प्रतिशतले बढेर सर्किट समेत लागेकोछ ।
बजार घट्दा कुथेली बुखरी हाइड्रो,डोल्टी पावर कम्पनी, नबिल ब्यालेन्स फण्ड,च्याङ्दी हाइड्रो पावर कम्पनीको ४ प्रतिशतदेखि ९.९० प्रतिशतसम्म्मले बढेको छ ।
FACEBOOK COMMENTS