काठमाडाैँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिरकणबाट हटाएर उर्जा आयोगको विज्ञ बनाउने तयारी गरेको छ । अहिले साझ मन्त्रीपरिषद्को बैठक बोलाइएको छ । उनलाई हटाएर एमाले निकट व्यक्तिलाई प्राधिकरणको निर्देशक बनाउने तयारी छ । उनले उद्योगीहरुलाई अनावश्यक दुःख दिएको र सरकारको निर्देशनलाई पटक पटक वेस्तावागरेपछि प्रधानमन्त्री ओलीले हटाउन बाध्य भएका हुन् ।
यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले पनि त्यसरी नै हटाएर घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । सोही शैली अपनाएर अहिले केपी ओली नेतृत्वको सरकारले घिसिङलाई हटाउने तयारी गरेको हो ।
स्रोतले भन्यो,‘ आज कुनै त्यस्तो अप्ठेरो परिस्थिति नआएमा आजै उनको प्राधिकरणमा अन्तिम कार्यकाल हुने छ ।’ विशेषगरी डेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादका विषयलाई लिएर उर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री केपी ओलीसँग घिसिङको मनमुटाव रहँदै आएको थियो । घिसिङलाई प्रमुख विपक्षी दल माओवादी केन्द्रसहितले साथ दिँदै आएका छन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका हितेन्द्रदेव शाक्यलाई करिव छ महिना काम गरेपछि दाहालले प्राधिकरणबाट हटाएर उर्जा आयोगको विज्ञ बनाएका थिए । सरकारको उक्त निर्णयविरुद्ध अदालत गएका शाक्यको मुद्दाको पेशी ३० पटक स्थगित भए पनि सुनुवाई भएर टुंगो लाग्न सकेको छैन् । घिसिङको अहिलेको दोस्रो कार्यकाल आउँदो साउनमा सकिँदै छ ।
FACEBOOK COMMENTS