काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज बस्दैछ ।
कम्पनीको दशौं र एघारौं वार्षिक साधारण सभा आज बस्न लागेको छ । सभा गर्न लागेको कम्पनीले सेयरधनीको हात भने खाली राखेको छ । यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका विषयमा छलफल गर्ने प्रस्ताव तयार गरेको छ । सभामा आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर २७ गते गते बुक क्लोज गरिसकेको छ । मंसिर २६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।
सभा आज बिहान ९ बजेबाट अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सुरु हुनेछ ।
FACEBOOK COMMENTS