काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.५३ अंकले घटेर २ हजार ५८३.२९ विन्दुमा आइपुगेको हो । यो दिन नेप्से सूचक २६ सयको मनौवैज्ञानिक विन्दुमा पुगे पनि लगानीकर्ता अस्थिरहुँदा बजार पुन २५ सयमै झरेको थियो । लगानीकर्ता अझै ‘पर्ख र हेर’को अबस्थामा देखिन्छन् ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१९ कम्पनीको ९१ लाख ८० हजार कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा रिभरफल्स पावर, जानकी फाइनान्स, पिपुल्स पावर, नेपाल फाइनान्स र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ७ करोड ५४ लाख रुपैयाँदेखि २२ करोड रुपैयाँसम्मको कारोबार भएको छ । घटेको बजारमा पनि सर्पोट माइक्रो फाइनान्स, बाराही हाइड्रो पावर, न्यादी हाइड्रो् पावर, सुपरमादी हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर कम्पनीको ९.७१ प्रतिशतले बढेको छ ।
यो दिन सप्तकोशी डेभलपमेन्ट बैंक,मायाखोला हाइड्रो पावर,गरिमा विकास, नारायणी डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४.०२ प्रतिशतदेखि ६.४०प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये ११ समूहको सूचक घटेको छ भने २ वटा समूहको सूचक बढेको छ । उत्पादनमूलक समूहको १.५७ प्रतिशतले बढ्दा हाइड्रो पावर कम्पनीको ०.६५ प्रतिशतले बढेको छ । अन्य ११ समूहको सूचक करिब १ प्रतिशत घटेको छ ।
FACEBOOK COMMENTS