काठमाण्डौँ – काठमाडौं महानगरपालिकाले हनुमान ढोका, पशुपति, स्वयम्भू, बालाजु, बौद्ध र शंखपार्क क्षेत्रमा आजदेखि फ्रि वाइफाई सेवा सुरु गरेको छ ।
३६ स्थानमा फ्रि वाईफाइ सेवा प्रदान गर्दै आएको महानगरले सेवा विस्तार गरी ४२ स्थानमा पुर्याएको हो ।
महानगरले काठमाडौंका विभिन्न थप ६ सार्वजनिक स्थानमा फ्रि वाइफाई सेवा प्रदान गरेको हो ।
महागरका सूचना तथा प्रविधि महाशाखा प्रमुख धुब्र काफ्लेका आज मेयर विद्यासुन्दर शाक्यले वाइफाइको औपचारिक उद्घाटन गर्नेछन् ।
निशुल्क वाइफाइ सेवा उपलब्ध गराउन काठमाडौं महानगर र इन्टरनेट सेवा प्रदायक वल्र्ड लिकं कम्युनिकेसनबीच गत चैत १८ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
यी क्षेत्रका वासिन्दा प्रत्येकले दिनमा ३० मिनेट फ्रि वाइफाई चलाउन पाउनेछन् ।
वाइफाई मोबाइलमा अटोमेटिक कनेक्ट हुनेछ ।
FACEBOOK COMMENTS