काठमाडौं । महिला उद्यमीले तयार गरेका विभिन्न सीप तथा व्यवसायमूलक उत्पादनका सामग्रीहरूको बिक्री तथा प्रर्दशनीका लागि आयोजना गरिएको ‘विन्टर कार्निभल २०२४’ सम्पन्न भएको छ ।
बुढानीलकण्ठ नगरपालिकास्थित इटलीटारमा रहेको सुम्दिमा सिल्क प्यालेसको परिसरमा आयोजना गरिएको कार्यक्रम नगरपालिकाकी उपप्रमुख अनिता लामा, चर्चित अभिनेत्री मनीषा कोइरालाले सयुक्त रूपमा शुभारम्भ गरेका थिए ।
सुम्दिमा सिल्क प्लालेस र वेलकम इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कार्यक्रममा हस्तकलाका सामग्री, विभिन्न कपडाहरू ,घरेलु उत्पादित विभिन्न खाद्यपदार्थ, अन्तर्राष्ट्रिय ब्राण्डका तयारी पोसाकहरू प्रर्दशनीका साथै बिक्री गरिएको थियो ।
उपप्रमुख लामा र अभिनेत्री कोइरालाले महिलाहरूको सीप र उद्यमशीलता प्रवर्द्धनका लागि व्यवस्थित र सुन्दर संयोजनसहितको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गदर्दै उद्यमशीलता प्रवर्द्धनमा सँगसँगै हुने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मनीषा भट्टराई बास्कोटा र अनु पाठकले संयोजन गरेका थिए ।
FACEBOOK COMMENTS