काठमाडाैँ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १४.११ अंकले बढेर २ हजार ६२६.३१ विन्दुमा आइपुगेको छ । यो दिन लगानीकर्ताहरु माइक्रोफाइनान्सको शेयरमा आकर्षित भएका छन् । माइक्रोफाइनान्स समूहको सूचक करिब १ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था,गुराँश लघुवित्त वित्तीय संस्था, समुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर नकारात्मक सर्किट लागेको छ । त्यस्त न्यादी ग्रुप पावर, सप्तकोशाी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७.५४ प्रतिशतदेखि ८.६० प्रतिशतसम्मले बढेको छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१२ कम्पनीको १ करोड २७ लाख कित्ता शेयर किनबेचहुँदा ५ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । जानकी फाइनान्स कम्पनीको २० करोड रुपैयाँ बराबरको सर्वाधिक कारोबार भएको छ भने दोस्रो ठुलो कारोबार गर्ने कम्पनीमा जोशी हाइड्रो पावर कम्पनी रहेको छ । कमपनीको १९ करोड २७ लाख रुपैंयाँको कारोबार भएको छ ।
त्यस्तै, नेपाल फाइनान्स,माउन्टेन इनर्जी नेपाल र न्यादी ग्रुप पावर कम्पनीको ८ करोड ५९ लाख रुपैयाँदेखि ९ करोड ५२ लाख रुपैयाँसम्मको कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै, जानकी फाइनान्स,युनिलिभर नेपाल,एमएमबी ५०, सेन्चुरी डिबेन्चरको ५.१५ प्रतिशतदेखि ८ प्रतिशतसम्मले घटेको छ ।
FACEBOOK COMMENTS