काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्ने भएको छ ।
कम्पनीले यसपटक सेयरधनीको हात खाली बनाएको छ । सेयरधनीलाई लाभांश दिएको छैन । कम्पनीले सभामा संस्था गाभ्ने–गाभिने प्रस्ताव राखेको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
कम्पनीको सभा कोहलपुर, नगरपालिका–४, होटल सेन्ट्रल प्लाजा बाँकेमा बिहान १० बजेदेखि सुरु हुनेछ
FACEBOOK COMMENTS