काठमाडौं । सेयरधनीलाई लाभांश घोषणा गरेको शिवम् सिमेन्ट्सले बुक क्लोजको मिति तय गरेको छ ।
कम्पनीले गत आवको नाफाबाट ९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ८.५५ बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् । सभा पुस २९ गते राष्ट्रिय सभा गृहमा बिहान ९ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS