काठमाडाैं । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले १२ कात्तिक देखि १० पुससम्म अनलाइन सर्भिस कुइज कार्यक्रम गरेको थियो ।
बिहीबार अल्फा अटोमोटिभले आफ्नो वयरहाउस बालकुमारीमा एक चियापान कार्यक्रम आयोजना गरी सो सर्भिस कुइजका तीन जना विजेतालाई जनही एक-एकवटा हेल्मेट पुरस्कार प्रदान गरेको छ ।
कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो र अनलाइन सर्भिस कुइजमा ६०० जानाले भाग लिएका थिए, जसमध्ये तीन जनालाई लक्की ड्रमार्फत पुरस्कृत गरिएको थियो । जसमा सहभागीले फ्री सर्भिस चेकअप, फ्री वाशिङको सुविधा पाएका थिए ।
उपहार प्राप्त गर्नेमा ललितपुर बागडोलका रवीन्द्र विष्ट, गोकर्णेश्वर नगरपालिका काठमाडौंका रितिज सापकोटा र काठमाडौ मैपीका सचिन आले रहेका छन् ।
पुरस्कार रोयल इन्फिल्ड मोटरसाइकलका नेपालका लागि सर्भे हेड निलादरी जेनाले प्रदान गरेका थिए ।
सोही अवसरमा अल्फा अटोमोटिभले ‘सर्भिस मेइस्ट्रो’ पनि लन्च गरेको छ । सो मेइस्ट्रोबाट नेपालका रोयल इन्फिल्ड मोटरसाइकलका ग्राहकहरूले हरेक वर्षको चार सभिसिङमा पार्टस, मर्मतसम्भारलगायतका सेवामा विशेष छुट एवं सहुलियत प्राप्त गर्न सकिने अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पौडेलले बताए ।
FACEBOOK COMMENTS