काठमाडाैँ । जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको तर्फबाट बहस भइरहेको छ। रवि लामिछानको तर्फबाट लामिछानेको तर्फबाट दुईजना पूर्व हान्यायाधिवक्ताले पनि बहस गरेका छन्। पूर्वमहान्यायाधिवक्ता सुशिल पन्त र रमनकुमार श्रेष्ठ र सुरेन्द्र थापाले पनि बहस गरेका थिए।
जोशीको तर्फबाट आइतबार देखिनै वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए। उनको बहस आज सकिएको र रविकातर्फबाट तीन जना वकिलले बहस गरेको कास्की अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।
सोमबार पूर्वडीआईजी समेत रहेका छविलाल बन्जाडे जोहीको तर्फबाट बहस सकिएर पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट बहस सुरु भएको हो । न्यायाधीश नितिज राईको इसलासमा यो मुद्दा हेर्दाहेर्दैमा छ।
त्यसअघि लामिछानेकै तर्फबाट उनीहरू तीनै जनाले लामिछाने निर्दोष रहेको दाबी गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न नमिल्ने जिकिर गरेका छन्। सरकारले वदनियतपूर्ण तबरले लामिछानेमाथि मुद्दा लगाएको दाबी उनका पक्षका वकिलको छ। मंगलबार पनि लामिछानेकै तर्फका वकिलहरुले बहस गर्नेछन्।
७ जना प्रतिवादी मध्ये तीनजनाको तर्फबाट मात्रै बहस भइरहेको छ। अझै केही दिन प्रतिवादीकै तर्फबाट बहस हुने भएको छ। त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।
FACEBOOK COMMENTS