काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्या ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ५२ हजार रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ३० रुपैयाँ कायम रहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
FACEBOOK COMMENTS