काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संचालक समितिको निर्वाचन हुने भएको छ । कम्पनीका अनुसार सर्वसाधारण समूहबाट प्रतिनिधिव गर्ने संचालकका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचन माघ ४ गते हुँन लागेको निर्वाचन अधिकृतले जनाएका छन् । त्यसका लागि कार्य तालिका समेत सार्वजनिक भएको छ । निर्वाचन अधिकृतका अनुसार पुस २५ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन हुनेछ भने सोही दिन ११.१५ बजेदेखि २.४५ सम्म नामावलीमा दावी विरोध हुनेछ ।
सोही दिन ३ बजेदेखि मतदाता नामावलीमा छानविन गरि अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुने छ । मनोनयन सोही दिन ११.३० बजेदेखि २.३० बजेसम्म हुनेछ । सोही दिन २.२४ बजेपछि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको सूची प्रकाशित हुनेछ । सोही दिन ३ बजेपछि ४ बजेसम्म भने उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
पुस २८ गते आइतबार बिहान ११ बजे मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गरि उम्मेदवारको नामावली प्रकाशित हुनेछ । सोही दिन ११.१५ देखि २ बजेसम्म नाम फिर्ता लिन सकिने छ । २ः१५ पछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । माघ ४ गते मतदान हुनेछ भने सोही दिन मतगणना गर्ने र परिणाम घोषणा गर्ने कार्यतालिका रहेको छ । कम्पनीको साधारण सभा पनि सोही दिन हुनेछ ।
FACEBOOK COMMENTS