काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई बुद्ध एअरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बिहीबारको उक्त सम्झौतापछि खब बुद्ध एअरबाट प्रदान गरिने विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई टिकट (बुद्ध एअर अफिस काउन्टर) शुल्कमा ८ प्रतिशत छुट हुनेछ । यस्तै नेपाल बैंकका कर्मचारीहरूलाई कार्गो सेवामा ३० प्रतिशतले छुट हुने भएकोे छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एअरका तर्फबाट मार्केटिङ निर्देशक रूपेश जोशीले हस्ताक्षर गरे ।
सम्झौतासँगै नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले बुद्ध एअरबाट प्रदान गरिने हवाई साथै कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुटसहित प्राप्त हुने सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
FACEBOOK COMMENTS