काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २४.४१ अंकले घटेर २हजार ६०९.६७ विन्दुमा आइपुगेको छ । यो दिन बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०१ कम्पनीको ८० लाख २१ हजार कित्ता शेयर किनबेचहुँदा करिब ४अर्ब माथिको कारोबार भएको छ । अघिल्लो साता पाँच अर्ब माथिको कारोबार हुँदा यो कारोबरा यो दिन रकम पनि घटेको छ ।
बजार घट्दा न्यादी ग्रुप पावर कम्पनीको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै, सानिमा ग्रोथ फण्ड, सुपरमादी हाइड्रो पावर,ग्रिन डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्स कम्पनीको ६.०३ प्रतिशतदेखि ७.५५ प्रतिशतले घटेको छ । वेन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेपाल रिपब्लिक, मिडियाको ४.८७ प्रतिशतले बढेको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, सिन्धु विकास, सिंगटी इनर्जी, हिमालयन पावर र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५२ लाख रुपै्याँदेखि २० करोड ४१ लाख रुपैयाँ सम्मकोकारोबार भएको छ ।
FACEBOOK COMMENTS