काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले हालै जारी गरेका नयाँ अध्यादेशको स्प्रीटमा नियमावली र कार्यविधी ल्याउन सरकारसङ आग्रह गरेका छन् ।
सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै उनले अब अध्यादेशमा आएका विषयको कार्यान्वयनमा जोड दिनु पर्ने बताए । ‘उद्योग वाणिज्य महासंघले लामो समय देखि नीतिगत सुधारको लागि सरकारसङ लविङ गर्दै आएको थियो । महासंघको आग्रह अनुसार सरकारले अहिले गरेका नीतिगत सुधारले हामी उत्साहित भएका छौं । तर यो प्रयाप्त छैन । लगानीका लागि अझै थुप्रै कानुनी सुधार आवश्यक’ उनले भने ।
अध्यक्ष ढकालले अध्यादेशको स्प्रीट अनुसार छिटोभन्दा छिटो नियमावली वा कार्यविधी ल्याउन समेत आग्रह गरे ।
प्लास्ट नेपाल फाउण्डेशन नेपालको दशौं वार्षिक साधारण सभाका अवसरमा उनले सरकारले केही कानुनी सुधार गरे पनि लगानीका लागि अझै थप कानुनी सुधार आवश्यक भएको धारणा राखे ।उनले प्लाष्टिकजन्य वस्तुको पुनः प्रयोगमा जोडदिए ।
प्लास्टिक उद्योगले यसको उत्पादन, वितरण, बिक्री, र रिसाइक्लिङ प्रक्रिया गरि हजारौं व्यक्तिहरूलाई रोजगारको अवसर प्रदान गरेको उल्लेख गर्दै प्लास्टिकजन्य वस्तुको पुनः प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
‘प्लास्टिकजन्य वस्तुको प्रयोग कम गर्नु पर्ने कुराहरु छ्न । गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । तर यसमा प्रयोग हुने कच्चा पदार्थका लागि विदेशीने मुद्रा खर्चिनु पर्ने अवस्था छ । पुनः प्रयोग गर्न सके यसको लागि विदेशीने मुद्रा जोगाउन सकिन्छ’ उनले भने ।
FACEBOOK COMMENTS