काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नबिल बैंकको नाफा १.२८ प्रतिशतले बढेर ३ अर्ब २४ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ थियो ।
यो अवधिमा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ । बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ ।
२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ७४ पैसाबाट बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ ।
FACEBOOK COMMENTS