काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरू भएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा उनको बहस चलिरहेको छ ।
सहकारीपीडितको तर्फबाट आज दुई जना कानून व्यवसायीले बहस गर्नेछन् । रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारी तथा अधिवक्ताहरू डा। नारायणदत्र कंडेल, सुरज बस्नेत, सुनिता रावल, राजेन्द्र सेढाईलगायतले बहस गर्ने तयारी छ ।
प्रतिवादीको तर्फबाट ८ जनाले बहस गर्ने नाम टिपाइएको र दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुने ज्ञवालीले बताए । विहीबार सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । त्यस्तै उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।
रविको तर्फबाट बहस गर्नेको सूची लामो भएकाले आजै आदेश आउन सक्ने सम्भावना कम छ । त्यही पनि बहस छोट्याउने तयारी छ । जवाफी बहसपछि मात्रै न्यायाधीशले रवि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश सुनाउने छन् ।
FACEBOOK COMMENTS