काभ्रे । बनेपा काभ्रेमा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैंकले वित्तीय साक्षरता कार्यक्रमहरू गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी वार्षिक कार्ययोजनाअन्तर्गत शाखा कार्यालय हेटौँडाको आयोजनामा माघ ९ गते हेटौँडा उपमहानगरपालिका-८, कमानेमा अवस्थित श्री चन्द्रोदय माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै, शाखा कार्यालय पालुङको आयोजनामा माघ १० गते थाहा नगरपालिका-३, घट्टेचौरमा अवस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो ।

श्री चन्द्रोदय माध्यमिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ८० विद्यार्थीको उपस्थिति रहेको थियो भने जनकल्याण माध्यमिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ६५ विद्यार्थीको उपस्थिति रहेको थियो । बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवालगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।

सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको जम्मा २६ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।
