वासिङ्टनमा विमान र हेलिकप्टर ठक्करः सवार सबै यात्रुको निधन
कर्पोरट खबर
7:54 am, शुक्रबार, माघ १८, २०८१
एजेन्सी । अमेरिकी अधिकारीहरूले बिहीबार ६४ जना यात्रु बोकेको यात्रुवाहक विमान सैन्य हेलिकप्टरसँग मध्य आकाशमा ठोक्किएर वासिङ्टनको बरफिलो पोटोम्याक नदीमा खसेको दुर्घटनामा कोही पनि जीवित नरहेको सम्भावना रहेको बताएका छन् ।
“हामी अहिले उद्धार कार्यबाट शव निकाल्ने कार्यमा रूपान्तरण भइरहेका छौँ”, वासिङ्टन दमकल प्रमुख जोन डोनेलीले रेगन राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, “यस विन्दुमा हामी त्यहाँ कोही बाँचेको छ भन्ने विश्वास गर्दैनौँ ।”
उनले हेलिकप्टरबाट एक सहित २८ शव निकालिएको जानकारी दिए । दुर्घटना स्थलमा बिहान हुँदा शक्तिशाली आर्क बत्तीहरू भएका आपत्कालीन जहाजहरू र गोताखोर टोलीसहितका इन्फ्लेटेबलहरू नदीको विस्तृत क्षेत्रमा आवतजावत गरिरहेको देखिन्थ्यो ।
“अत्यन्त चिसो अवस्था, भारी हावा, पानीमा बरफ रहेको छ । तै पनि रातभरि काम गरेका छौ”, उनले भने । यातायात अधिकारीहरूले दुवै विमान स्पष्ट रात र राम्रो दृश्यतामा मानक उडान ढाँचामा रहेको बताए तापनि दुर्घटनाको कारणबारे कुनै विवरण दिइएको छैन ।
“के मलाई लाग्छ यो रोक्न सकिने थियो रु निश्चित रूपमा”, यातायातमन्त्री सीन डफीले पत्रकार सम्मेलनमा भने । एयर ट्राफिक कन्ट्रोलरहरूको अडियोले उनीहरूलाई हेलिकप्टरलाई यात्रु जेट ‘दृष्टिमा’ छ कि छैन भनेर बारम्बार सोध्दै र त्यसपछि दुर्घटना हुनुभन्दा ठीक अघि विमानलाई ‘पछाडिबाट जान’ भनेको सुनिन्थ्यो ।
“मैले एउटा आगोको गोला मात्र देखेँ र त्यो हरायो”, हेलिकप्टरसँगको सञ्चार टुटेपछि एक ट्राफिक कन्ट्रोलरले अर्कोलाई भनेको सुनिएको थियो । दुवै विमान पोटोम्याक नदीमा खसे र यात्रुवाहक विमानको फ्युजलेज उल्टो भएर तीन भागमा टुक्रिएको थियो ।
युएस फिगर स्केटिङले उडानमा केही खेलाडी, प्रशिक्षक र अधिकारीहरू रहेको बताएको छ भने मस्कोका अधिकारीहरूले सन् १९९४ को विश्व जोडी शीर्षक जित्ने विवाहित रूसी जोडी इभजेनिया सिस्कोभा र भादिम नाउमोभ विमानमा रहेको पुष्टि गरेका छन् ।
साठी यात्रु र चार चालक दलका साथ अमेरिकन एयरलाइन्सको सहायक कम्पनीले सञ्चालन गरेको बोम्बार्डियर विमान विचिता, कान्सासबाट उडान गरेपछि राति ९ बजे रेगन राष्ट्रिय विमानस्थल नजिक पुगेको थियो । अमेरिकी सेनाका अधिकारीहरूले संलग्न हेलिकप्टर तीन सैनिक बोकेको ‘प्रशिक्षण उडान’ मा रहेको ब्ल्याक हक भएको बताए ।
ट्रम्पद्वारा ट्राफिक नियन्त्रणको आलोचना
अन्य अधिकारीहरूले अनुसन्धानको प्रतीक्षा गरिरहेको बताइरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा यस घटनाबारे आलोचनात्मक टिप्पणी पोस्ट गरे ।
“विमान विमानस्थलतर्फको सिधा र नियमित मार्गमा थियो । हेलिकप्टर लामो समयसम्म सिधै विमानतर्फ गइरहेको थियो । यो स्पष्ट रात हो, विमानका बत्तीहरू चम्किरहेका थिए”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखे “किन हेलिकप्टर माथि वा तल गएन, वा मोडिएन ? किन कन्ट्रोल टावरले हेलिकप्टरलाई विमान देखे–नदेखेको सोध्नुको साटो के गर्ने भनेर भनेन ? यो एउटा खराब स्थिति हो जसलाई रोक्न सकिने देखिन्छ । राम्रो भएन ”
सङ्घीय उड्डयन प्रशासनले रेगन नेसनलमा सबै विमानको ग्राउन्डिङको आदेश दियो, अपरेसनहरू ११ बजे पुनः सुरु गर्न सेट गरियो ।
अमेरिकन एयरलाइन्सका मुख्य कार्यकारी रोबर्ट इसमले ‘गहिरो दुःख’ व्यक्त गरे ।
आधुनिक ठक्कर–बचाव प्रविधि र नजिकैका ट्राफिक कन्ट्रोलरहरू भएको यात्रुवाहक विमान राजधानीको आकाशमा सैन्य विमानसँग कसरी ठोक्किन पुग्यो भन्ने अस्पष्ट छ । वासिङ्टन वरपरको हवाई क्षेत्रमा प्रायः भीड हुन्छ, रेगन नेसनलमा अवतरण गर्न सहरको तल्लो भागमा विमानहरू आउँछन् र हेलिकप्टरहरू–सैन्य, नागरिक र वरिष्ठ राजनीतिज्ञ वा अधिकारीहरू बोकेका–दिन र रात दुवै वरिपरि घुमिरहन्छन् ।
यही विमानस्थलमा सन् १९८२ जनवरीमा एयर फ्लोरिडा फ्लाइट ९०, एक बोइङ ७३७, उडेको तर तुरुन्तै खसेर १४औँ स्ट्रिट पुलमा ठोक्किएर पोटोम्याक नदीको बरफ दुर्घटना भएको थियो । त्यस दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS